रविलाई हिरासतमा राख्न चितवन अदालतको आदेश
चितवन- सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा राख्ने आदेश दिएको छ । बुधबार अदालतले लामिछानेलाई अदालतमा राख्न आदेश दिएको हो ।
उनलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ।
चितवनमा रविसहित ३२ जनालाई प्रतिवादी बनाउँदै मंगलबार दोस्रो चरणको अभियोगपत्र दर्ता भएको थियो। अभियोग दर्ता भएको भोलिपल्टै उनी अदालतमा हाजिर भएका थिए।
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१ १७:३२
प्रतिक्रिया दिनुहोस्