उपरथी रायमाझीलाई सैनिक इन्टेलिजेन्सको जिम्मेवारी
काठमाडौं- नेपाली सेनाका उपरथी नहकुलबहादुर रायमाझीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
रायमाझीलाई पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । योसँगै उनले सैनिक इन्टेलिजेन्स महानिर्देशनालयको जिम्मेवारी पाएका छन् । अब सूचना सङ्कलनमा महत्त्वपूर्ण मानिने महानिर्देशनालयको महानिर्देशकका रूपमा रायमाझीले काम गर्नेछन्।
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१ १९:४७
प्रतिक्रिया दिनुहोस्