Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले पेश गर्न लागेको अध्यादेशविरुद्ध ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता

बुधबार, माघ २३, २०८१

काठमाडौं – सरकारले संसदमा पेश गर्न लागेको अध्यादेशमा ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता भएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार छ वटा अध्यादेशमा ६७ वटा अस्वीकारको प्रस्ताव पेश भएका छन्।

सरकारले संसदमा पेश गर्न लागको अध्यादेशमा प्रतिनिधि सभामा ५१ र राष्ट्रिय सभामा १६ वटा अस्वीकारको प्रस्ताव पेश भएको गिरीको भनाइ छ।

प्रस्ताव पेश गर्नेमा विपक्षी दल, स्वतन्त्र सांसदहरू छन् । भोलि प्रतिनिधिसभाको बैठक बस्दैछ । हिउँँदो अधिवेशनको यो दोस्रो बैठक हो।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २२:४६
प्रतिक्रिया दिनुहोस्