Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिभुवन विश्वविद्यालय स्नातह र स्नातकोत्तर तहमा २०५८ देखि अनुतिर्ण भएकाहरुले मौका परीक्षा दिन पाउने, खुल्यो फारम

बिहीबार, माघ २४, २०८१
samridhi jewllers

काठमाडौ - लामो समयदेखि अनुतिर्ण तथा विभिन्न कारणबस स्नातक तह र स्नातकोत्तर को पढाई पुरा गर्न नसकेका विध्यार्थीलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालयले मौका परीक्षा सन्चालन गर्ने भएको छ ।

त्रीविले आजदेखि उक्त मौका परीक्षाको फारम खुलाएको हो । यस परीक्षामा २०५८ देखिका विध्यार्थी सामेल हुन पाउनेछन्।

त्रीविले आज सुचना सार्वजनिक गर्दै भनेको छ, 'वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम, द्वितीय, तृतीय र चौथो र स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा मिति २०८१ साल माघ २४ गतेदेखि २०८१ साल फागुन २३ गते सम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोव्वर दस्तुर सहित आवेदन फाराम भरी बुझाउनुहुन अनुरोध छ ।'

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्