संसदमा अध्यादेश पेस गर्ने निर्णयबाट पछि हट्यो सरकार
काठमाडौं- सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज संसदमा पेस नहुने भएका छन् ।
आज बस्ने दुवै सदनको बैठकमा अध्यादेशहरू निर्माणार्थ पेस गर्ने कार्यसूची थियो । तर, सरकारले अध्यादेशहरू अस्वीकृत हुने देखेपछि निर्माणार्थ पेस गर्ने निर्णयबाट पछि हटेको हो ।
राष्ट्रियसभामा देखिएको अङ्कगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्माणार्थ पेस नहुने एक नेताले बताए ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ १३:३८
प्रतिक्रिया दिनुहोस्