Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्री दाहालसँग भारतीय राजदूत श्रीवास्तवको भेट

बिहीबार, माघ २४, २०८१

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। आज मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । 

samridhi jewllers

भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेलमार्गका बारेमा चासो व्यक्त गरे। उनले रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम, प्रशिक्षण उपलब्ध गराउन भारत सरकार तयार रहेकोसमेत उल्लेख गरे ।

त्यस अवसरमा मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पु¥याएको योगदानको प्रशंसा गरे । उनले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । 

भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्माले समेत मन्त्रालयसँग सरोकार राख्ने विषयमा दुई देशका अधिकारीबीच छिट्टै बैठक बस्ने विश्वास व्यक्त गरेका थिए । भेटमा रेल विभागका महानिर्देशक अजयकुमार मुल, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका प्रमुख सुशीलबाबु ढकाल, अन्य सहसचिवलगायत अधिकारी सहभागी रहेका थिए । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्