बिपिन जोशीको मुक्ति प्रयास- परराष्ट्रमन्त्रीद्वारा इरानी समकक्षीसॅग टेलिफोन वार्ता
काठमाडौ - परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बिहीवार राती इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन् ।
हमास समूहको नियन्त्रणमा रहेका बिपिन जोशीको रिहाइको प्रयासको पहलस्वरूप फोनवार्ता भएको राणाले जानकारी दिएकी छन् ।
बिपिनको मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास जारी राखेको र यसैको निरन्तर प्रयासमा टेलिफोन वार्ता गरेको परराष्ट्रमन्त्री राणाले सामाजिक संजाल एक्समा लेखेकी छन् ।
इरानी बिदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँगको आगामी बैठकमा बिपिनको रिहाइको मुद्दा उठाउने आश्वासन दिएका छन् । `म महामहिम अराघ्चीलाई उहाँको आश्वासन र समर्थनको लागि धन्यवाद दिन चाहन्छु’ परराष्ट्रमन्त्री राणाले भनेकी छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१ ०७:१४
प्रतिक्रिया दिनुहोस्