Nic Ad Nic Ad
Nic Ad Nic Ad

कारबाओ कपको फाइनलमा पुगे लिभरपुल र न्यूक्यासल युनाइटेड

शुक्रबार, माघ २५, २०८१

काठमाडौँ - लिभरपुल कारबाओ कपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनल खेलमा लिभरपुलले टोटनह्यामविरुद्ध समग्रमा ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । सेमिफाइनलको दोस्रो लिगमा लिभरपुलले ४-० गोल अन्तरले पराजित गरेको थियो । 

लिभरपुलको जितमा गाक्पो, मोहमद सलाह, भर्गिल भान डाईक र डोमिनिक जोबोस्जलाईले एक एक गोल गरेका थिए ।  

यस अघि टोटनह्यामले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

यसअघि न्यूक्यासल युनाइटेडले आर्सनललाई समग्रमा ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।

अब फाइनलमा लिभरपुल र न्यूक्यासल युनाइटेड मार्च १६ मा खेल्ने छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्