अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि ट्रम्पले लगाए प्रतिबन्ध
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिका भ्रमणका क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन् ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि अमेरिका र यसको सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ ।
यो आदेशले आईसीसीका अधिकारीहरू र उनीहरूका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूमाथि आर्थिक र भिसा प्रतिबन्ध लगाउँछ ।
नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो ।
आईसीसीले नेतान्याहुलाई गाजामा कथित युद्ध अपराधको आरोप लगाएको थियो, जसलाई इजरायलले अस्वीकार गरेको थियो । आईसीसीले हमास कमान्डरविरुद्ध वारेन्ट पनि जारी गरेको थियो ।