Nic Ad Nic Ad
Nic Ad Nic Ad

मार्सेलोको फुटबलबाट सन्यास

शुक्रबार, माघ २५, २०८१

काठमाडौँ - ब्राजिलका लेफ्ट ब्याक मार्सेलोले फुटबलबाट सन्यास लिएका छन् । ३६ बर्षिय मार्सेलोले विहिबार व्यावसायिक फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् । 

सन्यासको घोषणा गर्दै उनले भनेका छन्- '१८ वर्षको उमेरमा, रियल म्याड्रिडले मेरो ढोका ढकढक्यायो र म यहाँ आइपुगेँ, अब म गर्वका साथ भन्न सक्छु, म एक सच्चा म्याड्रिलेनो हुँ । यहाँ, मेरी श्रीमतीसँगै, मैले एउटा परिवार बनाएको छु । १६ सिजन, २५ उपाधि, पाँच च्याम्पियन्स लिग, एक कप्तान र बर्नाबेउमा धेरै जादुई रातहरू । खेलाडीको रूपमा मेरो यात्रा यहाँ समाप्त हुन्छ, तर मसँग अझै पनि फुटबललाई दिन धेरै छ । सबै कुराको लागि धन्यवाद ।'

पछिल्लो समय मार्सेलो फ्लुमिनेन्सबाट खेलेका थिए । उनले २०२४ को नोभेम्बरमा आपसी समझदारीमा फ्लुमिनेन्स छोडेपछि अन्य क्लबमा आवद्ध थिएनन् । मार्सेलोले आफ्नो क्यारियरको शुरुवात  फ्लुमिनेन्सबाटै गरेका थिए  फ्लुमिनेन्स उनले २००५ र २००६ मा  फ्लुमिनेन्सबाट खेलेका थिए भने २००६ देखि २०२२ को मेसम्म रियल म्याड्रिडका लागि खेलेका थिए । उनले रियल म्याड्रिडका लागि ५४६ खेल खेलेका थिए  । उनले रियल म्याड्रिडमा २४ उपाधि जितेका थिए  । मार्सेलोले ब्राजिलको राष्ट्रिय टिमबाट ५८ खेल खेलेका छन्  । २०१८ मा ब्राजिलको राष्ट्रिय टिमका लागि अन्तिम खेल खेलेका मार्सेलोले ६ गोल पनि गरेका छन् ।
  

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०९:५३
प्रतिक्रिया दिनुहोस्