Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै

शुक्रबार, माघ २५, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) सातै प्रदेशका मुख्यमन्त्रीसँग ‘भर्चुअल’ संवाद गर्दैछन् । आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् ।

विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग संवाद गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चालू आर्थिक वर्षको सात महिना बित्न लाग्दा समेत प्रदेश सरकारहरुको पूँजीगत खर्चको अवस्था सन्तोषजनक छैन ।

अर्कोतर्फ तारन्तार हुने प्रदेशस सचिव परिवर्तन, आवश्यक कानुनको अभाव लगायतका कारणले पनि प्रदेश सरकारले गरेका काम प्रभावकारी देखिन सकेका छैनन् । झण्डै एक घण्टा मुख्यमन्त्रीहरुसँगको छलफलपछि प्रधानमन्त्री ओली दिउँसो २ बजे संगरमाथा संवादको तयारी बैठकमा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्