सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर १ लाख ६८ हजार १०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुन प्रतितोला १ लाख ६८ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१ ११:१५
प्रतिक्रिया दिनुहोस्