Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेका विद्यार्थी नेताहरुको गुन्डागर्दी, ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात कुटपिट

शुक्रबार, माघ २५, २०८१

काठमाडौं– सत्ताको आडमा एमालेका विद्यार्थी नेताहरुको समूहले गुन्डागर्दी गर्न थालेका छन्। यस क्रममा विहीबार राती उनीहरुले ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात कुटपिट गरेका छन्।

प्रहरी वृत्त दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टीम (क्युआरटी) का प्रहरीमाथि राति १२ बजे आक्रमण भएको हो। 

विद्यार्थी नेताको आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।

प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको प्रहरी स्रोतले जनाएको छ। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

आक्रमणमा संलग्न अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्वस्ववियु सभापति कमल जोशी र सोही क्याम्पसका प्राक उपाध्यक्ष दिनेश सिग्देलसहितको समूह  फरार छ। 

उनीहरुले प्रहरीको मोटरसाइकल र हेलमेटमा पनि क्षति पुराएका छन्। प्रहरीका अनुसार मुद्दा दर्ताको तयारी भएको छ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्