चितवनमा सकियो पत्नीसहित फेरि पोखरा गए रवि लामिछाने
काठमाडौं– साहारा बहुद्देश्यीय सहकारी ठगी प्रकरणमा ५४ लाख धरौटी बैंक ग्यारेन्टी गरी रिहा भएका रास्वपा सभापति रवि लामिछाने शुक्रबार पोखरा गएका छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा ६५ लाख धरौटीमा रिहा भएका लामिछाने पत्नी निकितासहित पार्टीका केही सहयोगी लिएर कास्की जिल्ला अदालतमा हाजिर हुन गएका हुन्।
रास्वपाका सह–कोषाध्यक्ष तथा रविका सहयोगी दीपक बोहोराले फेसबुकमा रवि, निकिता पौडेलसहितको तस्बिर राख्दै तारेख बुझ्न पोखरा यात्रामा रहेको जानकारी दिएका छन्।
पोखरास्थित जिल्ला अदालतमा लामिछानेले महिनामा एक पटक तारेख धाउनुपर्छ।
यसअघि साधारण तारेखमा छुटाउनका लागि माग गर्दै लामिछानेले उच्च अदालत पोखरामा निवेदन गरेका थिए। उच्च अदालतले जिल्ला अदालतसँग कागजात माग गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१ १३:१३
प्रतिक्रिया दिनुहोस्