राष्ट्रिय टिममा राजमतीको डेब्यू
काठमाडौं- नेपालका प्रख्यात क्रिकेटर दीपेन्द्रसिंह ऐरीकी बहिनी राजमती ऐरीले राष्ट्रिय टिममा डेब्यू गरेकी छन् । त्रिकोणात्मक टि २० सिरिज अन्तरगत आज थाइल्यान्डविरुद्धको खेलमा उनी प्लेइङ ११ मा अटाएकी हुन् ।
राजमतीले यसअघि एसीसी महिला एसिया कपमा टोलीमा परे पनि खेल्ने अवसर पाएकी थिइनन् । घरेलु क्रिकेट सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलबाट खेल्ने उनले प्रधानमन्त्री कप महिला क्रिकेटमा राम्रो ब्याटिङ गरेकी थिइन् ।
२२ वर्षीया राजमतीले नेपालको यु-१९ टोलीबाट यसअघि नै प्रतिनिधित्व गरिसकेकी छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१ १३:३५
प्रतिक्रिया दिनुहोस्