Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न माओवादीले गरायो सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न माग गरेकी छन् ।

गुठी पीडितहरू काठमाडौँको माइतीघरमा प्रदर्शनमा छन् । उनीहरूको माग सम्बोधन गर्न सरकारले तदारुकता नदेखाएको उनको आरोप छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गुठी जग्गाबाट निष्कासित भएकाहरूले पुनः स्थापितको माग राख्दै आएको बताइन् । किसानले रैथानीबापत बुझाउनुपर्ने रकम वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने र जोतभोग गर्दै आएको जमिन मोहीको नाममा कायम गरियोस् भन्ने पीडितको माग रहेको उनले सुनाइन् ।

माइतीघरमा एक सातादेखि माइतीघरमा धर्नामा रहेको तर, सरकारले उनीहरूसँग कुरा समेत नगरेको भनेर ध्यानाकर्षण गरिन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्