Nic Ad Nic Ad
Nic Ad Nic Ad

गृहमन्त्रीलाई कारवाही माग गर्दै काँग्रेस कार्यालयमा दलित अधिकारकर्मीको प्रदर्शन

शुक्रबार, माघ २५, २०८१

काठमाडौँ- गृहमन्त्री रमेश लेखकलाई कारवाहीको माग गर्दै दलित अधिकारकर्मीले नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।

दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा केन्द्रीय कार्यालय, सानेपा पुगेको टोलीले विरोध प्रदर्शन गरेको हो । टोलीले केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै निर्देशनमा उनीहरूलाई पक्राउ पुर्जी जारी भएकाले कारबाही हुनुपर्ने उनीहरूको माग छ ।

काँग्रेस कार्यालय पुगेका उनीहरूले ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

यही विषयमा हिजो (बिहीबार)को संसद् बैठकमा बोल्ने धेरैजसो सांसदहरूले प्रश्न उठाएका थिए । आज जारी संसद् बैठकमा पनि गृहमन्त्री लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन गर्नुपर्ने माग उठेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्