Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रेम गर्दा गोप्य भिडिओ बनाए, टुटेपछि आफन्तलाई पठाएः उदयपुरे युवकले यो के गरे?

शुक्रबार, माघ २५, २०८१

काठमाडौं– जिल्ला प्रहरी कार्यालय सिरहाको सहयोगमा प्रहरीको साइबर ब्युरोले उदयपुरको लिङचुबुङ गाउँपालिका–४ का ३१ बर्षिय युवकलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

एक महिलाको उजुरीका आधारमा विश्वराज राईलाई पक्राउ गरिएको साबइबर ब्युरोले जनाएको छ। उजुरीकर्ता महिलासँग प्रेम सम्बन्धमा रहँदा गोप्य अश्लील भिडिओ बनाएको र टुटेपछि महिलाका आफन्तलाई म्यासेन्जरमा पठाएर चरित्र हत्या गरेको जाहेरी ब्युरोमा परेको थियो। 

ब्युरोले प्राविधिक जाँच गरी सत्यतथ्य पत्ता लगाएपछि विश्वराजको खोजी गरेको थियो। साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार उनलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कसुरमा पक्राउ गरी ५ दिन म्याद थप गरिएको छ। 

विश्वराजलाई विहीबार सिरहाबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।

प्रेश-विज्ञप्ती-२०८१-१०-२५-गते-1738922452.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्