Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीका सल्लाहार रिमालको सूचना

शुक्रबार, माघ २५, २०८१

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु पौडेलले सूचना दिएका छन्।

सदनमा बिहीबार प्रचण्डले शेरा दरबार प्रकरणमा आफूलाई छानबिन गर्न प्रधानमन्त्री ओलीलाई चुनौती दिएपछि रिमालले शुक्रबार सामाजिक सञ्जालमार्फत भनेका छन्,‘शेरा दरबारको जग्गामा फलेको हरियो मकैको खाजा सगर्व खाएको प्रसंग सहित तपाईंकै परिवारका सदस्यले पोस्ट गरेको फोटो त सार्वजनिक नै छ नि हैन र?’

प्रचण्डले ओलीमाथि कटाक्ष गरी शेरा दरबार मात्र नभएर क्यान्टोनमेन्ट घोटालामा पनि प्रचण्डबाट नै अनुसन्धान गर्न चुनौती दिएका थिए। रिमालले अगाडि भनेका छन्,‘सीआईबीको छानबिनपछि अहिले त्यो जग्गा सरकारको नाममा ल्याउने प्रक्रियामा छ। संसदमै प्रश्न उठाउनु भएकोले मात्र यति जानकारी दिएको हो है।’
rimal--1738924202.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्