सभात (फ्रेंच बॉक्सिंग) टोली भारत प्रस्थान
काठमाडौं- भारतको नयाँ दिल्लीमा यही फेब्रुअरी ९ देखि १२ तारिखसम्म आयोजना हुन गइरहेको छैठौँ एशियन सभात प्रतियोगितामा नेपालले आफ्नो सहभागिता जनाउँदैछ।
नेपाल सभात संघका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतको नेतृत्वमा २८ खेलाडी, ६ व्यवस्थापक तथा प्रशिक्षकसहितको ३४ सदस्यीय नेपाली टोली आज सडक मार्ग हुँदै दिल्ली प्रस्थान गरेको छ।
दिल्लीस्थित तालकटोरा इनडोर स्टेडियममा आयोजना हुने उक्त प्रतियोगितामा एसियाका सात देशका करिब ३०० खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। खेलाडीहरू विभिन्न उमेर समूहमा लाइट कन्ट्याक्ट (हल्का संपर्क) तथा फुल कन्ट्याक्ट (पूर्ण संपर्क) गरी जम्मा ७५ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
नेपालका निम्न खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्:
महिला तर्फ (लाइट कन्ट्याक्ट)
- ९ वर्षमुनि: -२६ केजी: नित्या कार्की
- १२ वर्षमुनि: -२९ केजी: आयुषा मगर, +३० केजी: हिमांशी दुलाल
- १४ वर्षमुनि: -३९ केजी: अनिशा भण्डारी
- २१ वर्षमुनि: -५२ केजी: आरती सिंखवाल, -५६ केजी: सुष्मा घ्याबा (लाइट तथा फुल कन्ट्याक्ट दुबै)
पुरुष तर्फ (लाइट कन्ट्याक्ट)
- १२ वर्षमुनि:
- -२९ केजी: बसन्त तामाङ
- -३३ केजी: बिराज तामाङ, दिवस किङरिङ मगर
- -३५ केजी: सुभम खत्री
- -३७ केजी: विश्वास भट्टराई
- +३७ केजी: सुन्दर पाण्डे, विशेष खत्री
- १४ वर्षमुनि:
- -३९ केजी: आयुष तोलांगे
- -५२ केजी: प्रशान्त बुढा मगर
- -५६ केजी: विनय थापा
- -६० केजी: एकीन कासुला
- १७ वर्षमुनि:
- -५२ केजी: जयराम बीके, रिकेश मगर
- -८५ केजी: बसील त्वयना
- २१ वर्षमाथि:
- -५६ केजी: गयाजी खड्का, घनश्याम आचार्य खत्री
- -६० केजी: प्रभुराम खत्री
लाइट तथा फुल कन्ट्याक्ट (पुरुष)
- २१ वर्षमुनि:
- -५६ केजी: सूरज कार्की
- -६० केजी: मनील श्रेष्ठ
- -७० केजी: आस्तिक नकर्मी, शान्त कुमार राना मगर
- २१ वर्षमाथि:
- -७५ केजी: सस्मन बस्नेत
यस प्रतियोगितामा नेपालकी सस्मिनी बस्नेतले अम्पायर (निर्णायक) को भूमिका निर्वाह गर्नेछिन्। टोली व्यवस्थापकमा पीताम्बर गौतम, राहुल पटेल, अनिल धुंजू श्रेष्ठ, र फनीन्द्र प्रसाद जंगम रहेका छन्।
सन् २०२३ मा उज्बेकिस्तानमा सम्पन्न चौथो एशियन सभात प्रतियोगितामा नेपालका सस्मन बस्नेतले कांस्य पदक जितेका थिए। त्यस्तै, २०२४ मा भारतमा सम्पन्न दक्षिण एशियाली खेलकुदमा नेपालले १० स्वर्ण, ८ रजत, र ९ कांस्य पदक जित्न सफल भएको थियो।
नेपाल सभात संघका अध्यक्ष एवं टोली प्रमुख लक्ष्मण बस्नेतले यस प्रतियोगितामा पनि नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरव बढाउने विश्वास व्यक्त गरेका छन्।
प्रतियोगितामा सहभागी हुन लागेको टोलीलाई युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरी, नेपाल सभात संघ ललितपुरका अध्यक्ष सिद्धि बेंजनकार, सचिव सुनील बिष्ट लगायतका पदाधिकारीहरूले बिदाई गरेका थिए।