Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्ड’को दाबी : मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भयो

शुक्रबार, माघ २५, २०८१

धुलिखेल (काभ्रेपलाञ्चोक) -नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भएको बताएका छन् ।  

नेकपा माओवादी केन्द्र काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण एवं पार्टीको पालिका स्तरको नयाँ निर्वाचित समितिलाई बधाई’ कार्यक्रममा उनले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको थालनी गरेसँगै समाजवादी क्रान्तिका सुरुवात भएको बताएका हुन् । 


उनले भने, “आर्थिक संकट समाधान र समृद्धिका पक्षमा सरल काम गरेर नयाँ र महत्त्वपूर्ण सन्देश दिन सफल भएको छु ।” 

उनले आफू १८ महिना प्रधानमन्त्री हुँदा गरेको कामले बिस्तारै जनतामा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । अब ०८४ मा बहुमत ल्याएर समाजवादतिर देशलाई डोर्‍याउने लक्ष्य रहेको उनले बताए । पार्टीले प्रतिस्पर्धाकै बाटोबाट समाजवादी क्रान्तिको थालनी गरिरहेको उनले उल्लेख गरे । जनताबाट ऊर्जा प्राप्त भएको बताउँदै उनले अब हुलाकी मार्ग र पूर्वपश्चिम मार्ग, मध्य पहाडी लोकमार्ग र हिमाली अभियान आगामी फागुन १२ गतेबाट सुरु गरिने जानकारी दिए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्ग संघर्षमा भन्दा अन्तरसंघर्षमा रम्न थालेर बिग्रेको बताउँदै अब विचार र राजनीतिलाई जोड दिन आग्रह गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्