प्रचण्डले यसरी डा. बाबुराम भट्टराईको कन्चटमा बन्दुक राख्न लगाएका थिए, दुई भाईका दर्जन विवाद
काठमाडौं– ‘बाबुराम भट्टराईको कन्चटमा बन्दुक राख्न आदेश भयो, म प्रचण्डको बडिगार्ड थिएँ’, माओवादीका एक नेता भन्छन्,‘अनि उनलाई दबाबमा राखेर अनेक निर्णय गरिएको थियो।’
टिप्पणीकारसँग उनी थप भन्छन्,‘बाबुराम अगाडि बढ्ने सम्भावना थियो। तर प्रचण्डले उनलाई दबाबमा राख्न एक पटक होइन, पटक पटक बन्धक बनाउन लगाए। कन्चटमा पेस्तोल राखेर बन्धक बनाउने मै हो, ट्रिगर मात्र दबाइएन।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि राजनीतिक मोल मोलाईमा डा. भट्टराईले गोरखा क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्रलाई त्याग गरे तर पाए धोका।
अहिले प्रचण्डको खरो आलोचक बनेका भट्टराईलाई किनारा लगाउँदै प्रचण्ड अलग हिसाबले हिँडेका छन्।
बाबुरामको हत्यासम्मको तयारी गरेका प्रचण्ड न शान्ति नायक हुन् न क्रान्ति नायक।
क्रान्तिका नाममा जनहत्या गरी भारतमा लुकेर बसेका प्रचण्ड केबल भारतीय ‘सुँगा’ हुन्। त्यसकारण उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्न सक्तैनन्।
खैर त्यस विषयमा अलग लेखिनेछ। अहिले डा. बाबुराम भट्टराईसँगका एक दर्जन विवादका विषयलाई कोट्याँउ।
प्रचण्ड–भट्टराईको विवाद पुरानै तुषको पुनरावृत्ति मात्र भएको एकथरी आकलन गर्छन्। दर्जनौं पटक पटकसम्म उनीहरूबीच द्वन्द्व भयो, कैयौँपटक
पार्टी फुट्ने हल्लासमेत चल्यो, अन्ततः उनीहरूले एकले अर्कालाई प्रशंसा गर्दै ऐतिहासिक एकताको संज्ञा दिएर विवाद टुंग्याएका थिए।
तर अलग त हुनु नै थियो। भए पनि। अब उनीहरुबीचका दर्जन विवाद के थिए, त्यो बुझौं।
नम्बर १– (नेकपा माओवादी)ले ‘जनयुद्ध’ थाल्नु एक वर्षअघि अर्थात् ०५१ सालमा बाबुराम भट्टराईलाई संयुक्त जनमोर्चा नेपालको अध्यक्ष पदबाट हटाएर उक्त स्थानमा पम्फा भुसाललाई ल्याइयो।
मुख्य नेतृत्व भूमिगत जानुपर्छ, त्यसका निम्ति अहिलेबाट नै अभ्यास गर्नुपर्छ भन्ने नीतिगत निर्णय गरी भुसाललाई बाहिरी मोर्चाको रूपमा रहेको जनमोर्चाको जिम्मेवारी दिइयो। जनमोर्चाको अध्यक्षका रूपमा भट्टराई स्थापित भएकाले भोलि भूमिगत बस्न गाह्रो हुन सक्छ भन्ने पार्टीको निर्णय थियो।त्यसको भित्री राजनीति भने बेग्लै थियो।
जनमोर्चाको अध्यक्ष हुँदा जहाँतहीँ भट्टराईको मात्र चर्चा छायो, पार्टीका तत्कालीन महामन्त्री प्रचण्डचाहिँ गुमनाम रहे। त्यो कुरा प्रचण्डलाई मन परेको थिएन। आफूलाई जिम्मेवारीबाट हटाइएकामा भट्टराईले विरोध जनाइहाले। चार महिनापछि फेर िउक्त जिम्मेवारी भट्टराईलाई नै दिइयो। यो परघिटनाबाट प्रचण्डले भट्टराईलाई नेतृत्वको भोक कत्तिको रहेछ भन्ने पहिलो परीक्षण गरेको रूपमा बुझिन्छ।
नम्बर २– ०४८ सालमा पार्टी एकीकरण भएर भट्टराई आउनुअघि नै आफूहरूले जनयुद्धको तयारी गरसिकेको प्रचण्ड पक्षको दाबी थियो। यद्यपि, भट्टराई आफू मिसिएपछि ०५१ सालमा जनयुद्धको खाका कोरएिको जिकिर गर्थे। यो कुरामा दुइटाले अडान लिएनन्। जब जनयुद्धको उद्गमविन्दु कहाँ बनाउने भन्ने प्रश्न उठ्यो, प्रचण्ड–रामबहादुर थापाले रुकुम–रोल्पालाई बनाउनुपर्छ भनेर प्रस्ताव गरे।भट्टराईले पुरानो राज्यसत्ताको उद्गमविन्दु गोरखा भएकाले त्यहीँबाट ध्वंसको प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने तर्क अघि सारे। त्यो कुरामा राजनीतिक बहस भएन किनभने यो कुनै लेनदेनको विषय थिएन। दुवै पक्षले खासै अत्तो थापेनन्। आखिर रुकुम, रोल्पा, गोरखा, सिन्धुलीलगायत देशैभरबिाट एकैपटक जनयुद्ध थाल्ने निचोडमा उनीहरू पुगे ।
नम्बर ३– जनयुद्ध थालेको दुई वर्षमा सञ्चारमाध्यमले भट्टराईलाई जनयुद्धकै पर्यायवाची शब्दका रूपमा चित्रित गर्न थाले। अन्तर्राष्ट्रियजगत्मा पनि भट्टराईकै चर्चा परचिर्चा हुन थाल्यो। यो कुरा प्रचण्डले फिटिक्कै रुचाएका थिएनन्। ०५५ को भारतको फरदिावादमा सम्पन्न चौथो विस्तारति बैठकमा नेतृत्व केन्दीकरणको प्रश्न, महामन्त्री प्रचण्डलाई स्थापित गर्ने र तस्बिर सार्वजनिक गर्ने तथा महामन्त्रीको भनाइ उक्तिका रूपमा प्रयोग गर्ने प्रस्ताव आयो।यो प्रचण्ड आफँैले भन्दा पनि अन्य सदस्यहरूबाट अघि सार्न लगाए। भट्टराईले यसो गर्दा स्टालिनको ३० प्रतिशत कमजोरी पुनरावृति हुने र पार्टीभित्र नोकरशाहीतन्त्र हावी भई जनयुद्ध समाप्त हुने जिकिर गरे। अन्ततः प्रचण्डले ’व्यक्ति स्थापित गर्ने भनेको होइन, सबैलाई स्थापित गर्ने कुरा हो’ भनेपछि भट्टराई एकाएक लचिलो भए। उक्त बैठकमा भट्टराईले आँसु झार्दै भनेका थिए, ’मैले जीएस –जनरल सेक्रेटरी)लाई अनावश्यक शंका गरँे, मैले लिडरसिपका बारेमा जेजे सोचेको थिएँ, जीएसले त्यही सोच्नुभएको रै’छ, म यो बैठकमा आत्मालोचित हुन्छु।’ माओवादीको बैठकमा अन्य नेताहरू रुनु सामान्य नै मानिन्छ तर भट्टराई रोएको त्यही एक मात्र घटना भएको पार्टीभित्र अहिले पनि चर्चा हुने गर्छ।चौथो विस्तारति बैठकलगत्तै भट्टराईले ’कार्ल माक्र्सबारे सिकौँ’ भनेर जनादेशमा लेख छपाए, जसमा कार्ल माक्र्सको प्रशंसा गर्दै भित्री रूपमा प्रचण्डलाई घुमाउरो पारामा नेतृत्व यसरी गर्नुपर्छ भनेर पाठ सिकाएका थिए। ०५६ को सुरुतिर भारतको पन्जाबस्थित रोपड भन्ने ठाउँमा केन्द्रीय समिति बैठक बस्यो। त्यसमा भट्टराईको जनादेशमा प्रकाशित लेखबारे निकै आलोचना भयो। भट्टराई स्वयंले गल्ती गरेँ भन्दै आत्मालोचित भए। र, उक्त बैठकले भट्टराईलाई पार्टीको कुरा बाहिर ल्याएकामा ’अराजकतावादी कमजोरी’ भनेर किटानी ग¥यो। यो पनि सम्झौतामै टुंगियो। त्यसलाई पनि महान् एकता कायम गरएिको घोषणा गरयिो।
नम्बर ४– ०५७ मा भारतकै पन्जाब प्रान्तको भटिन्डामा दोस्रो राष्ट्रिय सम्मेलन भयो, जसले प्रचण्डपथ ल्यायो। यस सम्मेलनमा प्रचण्ड पक्षधरले विश्व कम्युनिस्ट आन्दोलनमा नौलो विचारधारा जन्मेको दाबी गर्दै प्रचण्ड विचार ल्याउने प्रयाससमेत गरे। एकथरीले ’एभरेस्ट थट’ राख्ने चर्चा चलाए। तर, भट्टराईले अहिले त्यस्तो विचार नजन्मेको दाबी गर्दै प्रचण्ड विचार नामकरण गर्दा पूरै गलत हुने तर्क गरे।दुवैको झगडालाई मिलाउन रामबहादुर थापा र टोपबहादुर रायमाझीले संयुक्त रूपमा प्रचण्डपथको प्रस्ताव ल्याए। कम्युनिस्ट परभिाषामा पथ भन्नाले कार्यनीतिभन्दा अलि माथि, रणनीतिभन्दा एक तह तल भन्ने बुझिन्छ। प्रचण्ड ’प्रचण्ड थट’ ल्याउन चाहन्थे। विचार पनि नबनेको अवस्था भनेर प्रचण्डले स्वीकारे तर पार्टी कार्यदिशाभन्दा एक तह माथि पुगेको भनेर भट्टराईले पनि स्वीकारे। र, दुवैबीच सम्झौता भयो।
नम्बर ५– तत्कालीन राजा ज्ञानेन्द्रले अप्रत्यक्ष रूपमा सत्ताको बागडोर हातमा लिएपछि माओवादीविरुद्ध व्यापक रूपमा सेना परचिालन भइरहेको थियो। त्यही बेला भारतमा मोहन वैद्य, सीपी गजुरेलगायत डेढ दर्जन माओवादी नेताहरू पक्राउ परे। यही परविेशमा ०६१ साउनको रोल्पाको फुन्टिबाङमा केन्द्रीय समितिको पूर्ण बैठक बस्यो, जसमा रणनीतिक प्रत्याक्रमणको पहिलो चरण घोषणा गरयिो। प्रत्याक्रमणको चरण भएकाले पार्टी, सेना र मोर्चा गरी तीनवटैको केन्द्रीकरण गर्नुपर्छ भन्ने प्रस्ताव प्रचण्डले अघि सारे।तर, भट्टराईले स्वीकारेनन्। उनको तर्क थियो– पार्टी र सेनाको केन्द्रीयकरण ठीकै छ तर मोर्चाको हुनुहुँदैन। तर, बैठकमा भट्टराईले भनेजस्तो नहुने भएपछि उनले स्थायी समितिबाट राजीनामा दिन्छु भनेर स्थायी समिति बस्ने ड्यासबाट झरेर केन्द्रीय समिति –सीसीएम) र पोलिटब्युरो (पीबीएम) बस्ने फ्लोरमा एक घन्टाजति गएर बसे। लगत्तै चिया पिउने बेला प्रचण्ड र भट्टराईबीच वार्ता भयो। जनपरषद्किो विषयमा केन्द्रीकरण पनि नगरौँ, विकेन्द्रीकरण पनि नगरौँ भन्नेमा सम्झौता भयो। र, भट्टराई पुरानै ड्यासमा फर्किए। त्यो केन्द्रीय समितिलाई एकता र विजयको बैठक भनेर नामकरण गर्दै एकमतले निर्णय पारति भयो।
नम्बर ६– फुन्टिबाड बैठकसम्म दुई शीर्ष नेताबीच कुरा त मिल्यो तर त्यस बैठकमा पारति दस्तावेजले आँैल्याएको ’पार्टीभित्र देखिएका अवसरवादका १४ चिन्तन’ भन्ने कुराले त्यसको दुई महिनामै फेर िसमस्या बल्झायो। दस्तावेजमा पार्टीभित्र अवसरवादी चिन्तन हाबी भएको उल्लेख थियो। तर, प्रचण्ड पक्षले तल्लो कमिटीमा प्रशिक्षणमा अवसरवादको प्रतिनिधिपात्र जेबी –भट्टराईको टेकनेम जीतवीरको संक्षिप्त रूप) हो भनेर प्रशिक्षण दियो।लगत्तै भट्टराईले पार्टीभित्र चिन्तन र प्रवृत्तिगत समस्या आएको ठोकुवा गर्दै ४ र १३ बुँदे फरक मत हेडक्वार्टरमा बुझाए। फरक मत राखेको चार महिनापछि अर्थात् ०६१ माघमा रुकुमको लाबाङमा भट्टराईको ४ र १३ बुँदेबारेमा व्यापक आलोचना भयो। भट्टराईमाथि विचारमा स्खलन आएको, संशोधनवादी विचार राखेको भनेर उनीसहित पत्नी हिसिला र निकटका नेता दिनानाथ शर्मामाथि कारबाही भयो। त्यसपछि त्यो झगडा चुनबाड बैठकमा मिल्यो।त्यस बेला प्रचण्डले घुमाउरो तवरमा आफूलाई रवीन्द्र श्रेष्ठले र भट्टराईलाई मणि थापाले उक्साएको अभिव्यक्ति दिए। चुनबाङ बैठकमा रवीन्द्र श्रेष्ठ सहभागी थिए भने मणि थापा बैठकमै गएका थिएनन्। यस बेलासम्म आउन्जेल भट्टराईले उठाउँदै आएको आन्तरकि जनवादको कुरा तिलाञ्जलि दिए, उल्टै प्रचण्डलाई त्यसभन्दा प्राधिकार दिए। सबै अधिकार हेडक्वार्टरलाई सुम्पिए। त्यही चुनबाङ बैठककै आधारमा १२ बुँदे समझदारी हुँदै शान्ति प्रक्रियामा उनी सहर छिरे, अन्तरमि सदनमा गए र अन्तरमि सरकार हुँदा संविधानसभामा सहभागीसमेत भए।
नम्बर ७– पहिलो संविधानसभामा नेकपा –माओवादी) सबैभन्दा ठूलो दल भयो, प्रत्यक्षमा १ सय २० सिट जितेर। समानुपातिक गरी २ सय २६ सिट भयो उसको। प्रधानमन्त्री को बन्नेबारेमा भट्टराईको आफ्नै तर्क थियो, युद्धकालीन अवस्थामा संयुक्त क्रान्तिकारी जनपरषद्किो संयोजक आफू भएकाले सत्ता प्रमुख पनि आफैँले पाउनुपर्छ। भलै पार्टीभित्र उनको पक्षमा बोलिदिने खासै जमात थिएन।पार्टीभित्र र बाहिर प्रचण्डको पक्षमा माहोल बन्यो र उनी प्रधानमन्त्री बने। भट्टराई अर्थमन्त्री भए, माओवादीकै उम्मेदवार सरला रेग्मीबाट पराजित भएका वामदेव गौतमलाई वरीयताक्रममा उनीभन्दा माथि ल्याएर उपप्रधान तथा गृहमन्त्री बनाइयो। त्यो कुरा भट्टराईलाई चित्त बुझेको थिएन। सेनापति प्रकरणले प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुप¥यो। र सडक आन्दोलनमा गयो माओवादी। ६ दिने आमहडतालबाट पनि तत्कालीन माधवकुमार नेपालको सरकारको डेग चलेन। उल्टै आन्दोलन तुहियो।लगत्तै ललितपुरको खन्ना गार्मेन्टमा प्रचण्डले सांस्कृतिक कलाकारको बैठकमा आफूलाई भारतले प्रधानमन्त्री हुन नदिएको तर भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको दाबी गरे। त्यो घटनाले भट्टराई प्रचण्डप्रति निकै क्रुद्ध भए। लगत्तै बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डले आफूले त्यो आशयका साथ नबोलेको भनेपछि विवाद एकाएक सामसुम भयो। र, बैठकले प्रचण्डलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सा¥यो।
नम्बर ८– पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारे पनि प्रचण्ड नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग ६ पटकसम्म प्रतिस्पर्धा गरे यद्यपि उनले बहुमत जुटाउन सकेनन्। यहीबीचमा पार्टीभित्र विवाद चर्कियो। प्रचण्डको व्यक्तिगत कार्यशैलीविरुद्ध मोहन वैद्य, भट्टराई र नारायणकाजी श्रेष्ठहरूको गोंगबुमा जमघट भयो, जो गोंगबु डिनर भनेर चिनिन्छ। गोंगबु डिनरलगत्तै प्रचण्डले छैटौँ विस्तारति बैठकको आयोजना गरे।पालुङटारमा भएको उक्त विस्तारति बैठकमा प्रचण्ड, मोहन वैद्य र भट्टराईले छुट्टाछुट्टै दस्तावेज पेस गरे। यद्यपि, कसैको पनि पारति भएन। पालुङटार विस्तारति बैठक सिद्धिएको एक महिनापछि प्रचण्डले वैद्यको दस्तावेज मिलाएर फेर िजनविद्रोहको कार्यदिशा ल्याए, जसमा भट्टराईले लिखित फरकमत दर्ज गरे। त्यसको चार महिनापछि प्रचण्डले फेरि भट्टराईकै लाइनमा दस्तावेजलाई घुमाए। उनीहरूको विवाद फेरि सामसुम भयो।
नम्बर ९– ०६८ को वैशाखतिर लाइनका हिसाबमा प्रचण्ड भट्टराईसँग नजिकिए तर संगठनमा भट्टराई पक्षलाई खासै जिम्मेवारी दिएनन्। यसबाट भट्टराई निकै क्रोधित बनिरहेका थिए। उनको प्रचण्डसँगको पुरानै तुष बाँकी थियो। वैद्य पक्षलाई भने आफ्नो दस्तावेज चार महिनामै फेरेको झोक छँदै थियो। यसैमा नारायणकाजीको आफूलाई जिम्मेवारी नदिएको असन्तोष पनि त्यहीँ पोखियो।तीन जनाले प्रचण्डको कार्यशैलीमाथि प्रश्नचिह्न तेस्र्याउँदै प्रचण्डको पार्टीमा भएको एकाधिकार तोड्ने मोर्चा भयो। र, धोबीघाट गठबन्धन बन्यो। यसैले भट्टराईलाई प्रधानमन्त्रीको रूपमा अघि सा¥यो। लगत्तै बसेको केन्द्रीय समितिमा पहिलोपटक प्रचण्ड अल्पमतमा परे। तर पनि प्रधानमन्त्री बनाउने खेलमा प्रचण्ड नै बढी सक्रिय देखिए। प्रधानमन्त्री भइसकेपछि प्रचण्ड र भट्टराईबीच कुरा मिल्न थाल्यो, वैद्य समूह भने प्रचण्ड–भट्टराई दुवैसँग झन्झन् टाढिँदै गयो।
नम्बर १०– भट्टराई प्रधानमन्त्री भएका हरेक गतिविधिप्रति विरोध जनाइरहेको वैद्य पक्षले आफ्नै सरकार र नेताविरुद्ध पुत्लादहनदेखि सडक आन्दोलनसमेत ग¥यो। यसमा प्रचण्डले जहिल्यै सरकारको पक्षपोषण गररिहे। संविधान जारी नगर्दै पहिलो संविधानसभा विघटन भयो। र, भट्टराई नेतृत्वको सरकारले नयाँ संविधानसभाको चुनावको घोषणा ग¥यो। संविधानसभा विघटन भएको दुई सातामै वैद्य पक्षहरू औपचारकि रूपमा पार्टीबाट अलग्गिए।भट्टराई सरकारले निर्धारति मितिमा निर्वाचन गराउन नसकेको भन्दै राष्ट्रपति रामवरण यादवले नयाँ सरकार गठनको आह्वान गरे। राष्ट्रपतिको त्यो आह्वानमा प्रचण्डकै मिलेमतो रहेको भट्टराई पक्षको आरोप थियो। त्यसमा भट्टराईले आफ्नै पार्टी, खासगरी अध्यक्षप्रति तीव्र आक्रोश पोखे। यद्यपि, प्रचण्डले भट्टराई सरकारकै पक्षमा उभिने वचन दिएपछि उनीहरूबीच स्वतः कुरा मिल्यो।
नम्बर ११– भट्टराई प्रधानमन्त्री भएकै बेला मओवादीको सातौँ महाधिवेशन भयो हेटौँडामा।
भट्टराईले त्यहाँ कुनै फरक दस्तावेज दर्ज गरेनन्, बरू अध्यक्षकै लाइनमा समर्थन गरे। उनले आफ्नो पक्षका टोपबहादुर रायमाझीलाई महासचिवका रूपमा प्रस्तावित गरेका थिए भने अध्यक्ष प्रचण्डले कृष्णबहादुर महरालाई। त्यसमा दुवै सफल भएनन्। पोस्टबहादुर बोगटी महासचिव भए। अध्यक्ष, उपाध्यक्षद्वयको पुरानै पद कायमै रह्यो र ९९ जनाको केन्द्रीय समिति बनाइयो।हेटौँडा महाधिवेशनले प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरमि चुनावी सरकार प्रस्तावित ग¥यो।
त्यसको एक महिना नबित्दै प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरषद् िअध्यक्ष भए, भट्टराई सत्ताबाट बाहिरएि। महाधिवेशनको म्यान्डेटविपरीत २ सय ३६ जनाको केन्द्रीय समिति विस्तार गरएिपछि व्यापक विरोध भयो। नयाँ प्रस्तावित सदस्यमा आफ्ना मान्छे नपरेको झोक भट्टराईलाई छँदै थियो, ठीक त्यही बेला अध्यक्ष प्रचण्डसँग उनकै मान्छे पनि चिढिएका थिए। भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा मात्र दिएनन्, ढिलोचाँडो अध्यक्षले पनि राजीनामा गर्ने उद्घोष गरे।
विवाद लम्बिँदै गएपछि अध्यक्षबाहेक सबैको राजीनामा मागेर केन्द्रीय समितिमा झारयिो। भट्टराईले सोचेका थिए, उनको राजीनामापछि पार्टीको जिम्मेवारी अध्यक्षले वहन गर्छन् र निर्वाचनको कमान्डर आफूलाई बनाउँछन्। तर, त्यसो भएन, केन्द्रीय समितिले निर्वाचनको कमान्डर पनि अध्यक्षलाई बनायो। पार्टीलाई निर्वाचनको अवधिसम्म एकजुट भएर होमिन निर्देशन गरयिो। निर्वाचनको बहानामा पार्टीभित्रको अन्तरद्वन्द्व केही समयका लागि ट¥यो।
नम्बर १२– संविधानसभा–२ को परिणाम मओवादीले सोचेजस्तो भएन। पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै समग्र प्रक्रियाको बहिष्कार घोषणा ग¥यो। यद्यपि, संविधानसभा प्रक्रियालाई बहिष्कार गर्ने भनिरहेका बेला भट्टराईले फेसबुकमार्फत जनताको मतलाई कदर गर्ने भनेर घुमाउरो तवरमा संविधानसभामा जाने संकेत गरेका थिए। नभन्दै त्यसको एक सातापछि पार्टीले पुरानो निर्णयलाई सच्यायो।
भट्टराईले एकाएक फेसबुकमा पार्टीभित्र आन्तरकि लोकतन्त्रको माग गर्दै स्ट्याटस लेखे। त्यसले पार्टीभित्रको अन्तरद्वन्द्वलाई पुनः चर्काइदियो। त्यसको स्वरूप समानुपातिक सूचीमा देखाप¥यो।
पूर्व पोलिटब्युरो सदस्य मणि थापा भन्छन्, “यसले विचारधारात्मक प्रतिस्पर्धा दिनेभन्दा पनि यथास्थितिलाई मलजल गररिहेको छ। यो सिद्धान्तको जगमा भन्दा पनि व्यक्तिगत इखको जगमा खडा छ।“
हुन पनि द्वन्द्वकालमा प्रचण्ड–भट्टराईको अन्तरसंघर्षलाई विचारसँग जोडेर हेरन्िथ्यो। देखावटी सही, उनीहरूबीच लाइनकै विवाद थियो, अब त्यो पनि रहेन।
अहिले उनीहरू दुवै शान्ति र संविधानको एउटै लाइनमा हिँडेका छन्। थापा भन्छन्, “आखिर उनीहरूलाई चाहिएको पद र प्रतिष्ठा मात्र रहेछ, राजनीतिक मोलतोलको झगडा प्रस्टै उदांगियो। अहिले उनीहरूको लडाइँ पार्टीबाहिर ट्वीटर र फेसबुकमा छताछुल्ल हुँदैछ।“मओवादीका केन्द्रीय सदस्य विश्वभक्त दुलाल ’आहुति’ अहिले उठेका विवादहरू सहमतिमै थाती राखेका विषयहरू भएको जिकिर गर्छन्। उनका विचारमा झगडाका सबै विषयहरू थाती रहेका थिए, निर्वाचनको मितिसम्मका लागि सबै कुरालाई ताला लगाइएको हो, परिणाम त्यति राम्रो नआउँदाखेर िअलि उग्र भएको मात्रै हो।
उपर्युक्त १२ विवाद भट्टराई माओवादीको दोस्रो बरियताको नेता हुँदाको थियो। भाषा शैलीमा माओवादीभित्रै देखिएको जस्तो लागे पनि अहिले परिस्थिति अलग छ। भट्टराईको नेपाल समाजवादी पार्टी छ। उनी प्रचण्डसँग पार्टीबाट अलग भए पनि समदूरीमा छन्।
उनको त्यागका कारणले नै प्रचण्डले निर्वाचन क्षेत्र पाएका थिए। तर, बुझ्न आवश्यक छ जसले ज्यानै लिनेसम्मको हर्कत गरेका थिए, उनलाई ज्यानै दिएर सहयोग गर्ने डा. भट्टराई महान् हुन् कि सत्ता गुमेको रोदनमा मौका परस्त गफ दिने प्रचण्ड? टिप्पणीकारलाई पेचिलो लागिरहेको विषय नै यहि हो।