रास्वपाका तीन सांसद जसलाई अझै ‘स्कूलिङ’ आवश्यक छ
काठमाडौं– नयाँ दल, पुरानाको विकल्प र देशमा भयावह अवस्थितिको परिवर्तन गरी स्वर्णिम युगमा लैजान्छु भन्ने दल हो– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)।
रास्वपा सभापति रवि लामिछाने यतिबेला पाँच जिल्लाका सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा जिल्ला र उच्च अदालतहरुमा तारेख धाइरहेका छन्।
थुनछेक बहस बाँकी रहेको जिल्ला पर्सा मात्र छ। केही दिनमा मुद्दा दायर हुँदैन।
विषय रविको होइन। उनको पार्टीका तीन सांसदको हो, जसलाई जनताको प्रतिनिधि हुनुको अर्थ त पत्तो होला तर आचरण भने बचकना छ।
पहिलो पात्र हुन्, तोषिमा कार्की। ललितपुर–३ का जनताले उनलाई प्रत्यक्षमा निर्वाचित गरेका हुन्। तर, उनको शैली भने केटाकेटीपनबाट माथि उठेको भेटिन्न।
उनका क्षेत्रका एक मतदाता भन्छन्,‘माओवादीको विकल्प दिएको हाम्रा मुद्दा होइन उनका आफ्ना पीडा धेरै देखियो।’
एमबीबीएस डाक्टर मात्र रहेकी तोषिमा कार्कीलाई प्रचार चाहिएको छ। त्यसैले माइतीघरको एउटा भिडिओले उनलाई लज्जास्पद पनि बनायो। ऋषि धमलासित ‘ऋषि जी’ भन्ने शव्द प्रयोग गर्दा महान् भइन्छ भन्ने माननीयले सदनमा उठाउने सवाल स्वास्थ्यका धेरै हुन्छन्। तर एक महिने स्वास्थ्यराज्यमन्त्री हुँदो के पहल गरियो भन्नेसम्मको हेक्काचाहिँ राखिएको छैन।
‘निर्वाचन आयोगले बनाइदिएको सांसद’ भन्ने पात्रमा परिचित तोषिमाले प्रतिनिधि सभाको सदस्य अर्थात् जनप्रतिनिधि हुनुको अर्थ बुझ्न आवश्यक देखिन्छ। जसरी आलाकाँचा पूर्वमहामन्त्री मुकुल ढकाल थिए त्यो भन्दा पनि काँचो शैलीमा प्रस्तुत हुने शैली परिवर्तनको खाँचो देखिन्छ। चिच्याएर नेता कोही भएको छैन, चिच्याउनु बालापन हो।
यहि शिलशिलाका अर्की पात्र हुन् विन्दा कठायत।
कठायतसित संसदीय समिति, संसद र सार्वजनिक फोरममा कसरी प्रस्तुत हुने, तर्क कस्तो गर्ने भन्नेसम्मको कुनै ज्ञान छैन। एक हिसाबले यीनी ‘अज्ञानी’ विद्यार्थी जस्तो प्रस्तुत हुन्छिन्। यसकारण पनि राजनीतिमा लहडको हठ होइन, लगनको लवज आवश्यक हुन्छ भन्ने बुझ्न आवश्यक छ।
स्वभाविक रुपमा सभापतिको बचाऊ गर्नु दलका सांसदको नैतिक दायित्व मात्र हो। बचाऊको अर्थ भनेको अन्यको अपमान गर्ने इजाजतपत्र (लाइसेन्स) होइन। अन्यको अपमान गर्नु कदाचित अनुचित हो, अझ जनताको प्रतिनिधिका आधारमा त हुँदै हुँदैन। कठायतको शैलीले अल्पविकसित देशको दुर्गम कर्णालीको प्रतिनिधित्व गर्छ। जनताको दर्दको आक्रोशभन्दा पनि ठगी अभियुक्त सभापति रवि लामिछानेका निम्ति निस्किएको आक्रोशले भन्छ– समानुपातिकमा बनेको सांसद भेँडो नै हुने रहेछ!
तेस्रो र अन्तिम पात्र हुन्, अशोक चौधरी।
इटहरी घर भएका अशोक चौधरीसँग पहिलो त बोल्ने मुद्दा नै छैन। सदनमा अत्यधिक कम बोल्ने र इटहरी क्षेत्र नम्बर २ को समस्याका विषयमा कुनै ज्ञान नभएको सांसदका रुपमा परिचय गराउँदा फरक पर्दैन।
क्लस्टर मापनका आधारमा मात्र सांसद बनेका चौधरीसँग न मत छ न जनमत। उनीभन्दा त देशमा उनका सभापतिलाई पनि थर्कमान बनाउने छिमेकी पूर्वमेयर द्वारिकलाल चौधरीसँग अनेक अनुभव छन्। अनुभव र परिचयबिनाको मानिस सांसद हुनु अर्थहिन हुन्छ। यसकारण उनलाई पनि राजनीतिक ‘स्कुलिङ’ खाँचो छ।