मिनी ट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे
चितवन- चितवनमा खसी बोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसी बोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनी ट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा नै आज बिहान पल्टिएको थियो ।
दुर्घटनामा खसी बोका गरी १९ वटा मरेको उनले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१ १०:५१
प्रतिक्रिया दिनुहोस्