Nic Ad Nic Ad
Nic Ad Nic Ad

डोटीमा आगलागी : दुई लाख ५० हजार बराबरको क्षति

आइतबार, माघ २७, २०८१

दिपायल– जिल्लाको केआइसिंह गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । केआइसिंह–३ झिगाबस्तीस्थित बाजी भुलको दुईतले ढुुङ्गामाटोले बनेको घरमा खाना पकाउने क्रममा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

samridhi jewllers

आगलागीका कारण १० बोरा अन्नपात, लत्ताकपडा, भाँडा वर्तनलगायत अन्दाजी दुई लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भुलको आठ जनाको परिवारलाई अहिले आफन्तको घरमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई जानकारी दिए । आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति नभएका भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । 

घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक कुलवीर बोहराको संयोजकत्वमा छ प्रहरीसहित स्थानीय परिचालन गरी आगो नियन्त्रण गरिएको प्रहरी नायब उपरीक्षक भट्टराई जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्