Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिल्लीकी मुख्यमन्त्री आतिशीले दिइन् राजीनामा

आइतबार, माघ २७, २०८१

काठमाडौँ- विधान सभा चुनावमा आफ्नो पार्टीले पराजय भोगेपछि आतिशीले दिल्लीको मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएकी छन् ।

samridhi jewllers

आम आदमी पार्टीकी नेतृ आतिशीले आइतबार बिहान दिल्लीका उपराज्यपाल वीके सक्सेनालाई आफ्नो राजीनामा बुझाएकी हुन् । उनी राजीनामा बुझाउन सक्सेन निवासमा पुगेकी थिइन् ।

दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ठूलो झट्का बेहोरेको छ । आपले आफ्नो पहिलेको ६२ सिटको तुलनामा २२ सिट मात्र जित्न सकेको छ ।

उपराज्यपाल वीके सक्सेनाले आतिशीको राजीनामा स्वीकृत गरेको बीबीसीले लेखेको छ । उपराज्यपालले आतिशीलाई नयाँ सरकार गठन नभएसम्म पदमा रहन आग्रह गरेका छन् । अरविन्द केजरीवालले आफ्नो पदबाट राजीनामा दिएपछि आतिशी गत सेप्टेम्बरमा दिल्लीको मुख्यमन्त्री बनेकी थिइन् ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्