Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानाध्यापक र शिक्षकबीच विद्यालयमा नै कुटाकुट, कारण यस्तो छ

आइतबार, माघ २७, २०८१

काठमाडौं– धनुषाको एउटा विद्यालयका प्रधानाध्यापक र राहत शिक्षकबीच पेश्की रकम विवादमा कुटाकुट भएको छ।

कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयमै प्रधानाध्यापक र शिक्षकबीच कुटाकुट भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच पेश्की रकम माग बमोजिम दिने र लिने काम नहुँदा विवाद चर्किएपछि हात हालाहालमा पुगेको थियो।

रोहितले पेश्की रकम ५० हजार माग गरेका थिए तर प्रधानाध्यापकले २५ हजार मात्र दिने भएपछि विवाद भएको थियो।

उक्त विवाद र कुटाकुटका कारण विद्यालयमा होहल्ला भएपछि पठनपाठन समेत प्रभावित भएको छ।

‘एक शिक्षकको बुवाको निधन भएको छ। उनले पेश्की मागेका थिए। सो विषयमै विवाद भएको छ’, स्थानीय प्रतिनिधि भन्छन्,‘शिक्षक रोहितले ५० हजार पेश्की मागेका थिए। तर प्रधानाध्यापक अहिले तत्काल २५ हजार मात्र दिन सक्छु भनेपछि दुवै जनाबीच विवाद भयो।’
 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्