Nic Ad Nic Ad
Nic Ad Nic Ad

नागार्जुनका मेयरविरुद्ध आठ करोड ७० लाख गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा

आइतबार, माघ २७, २०८१
samridhi jewllers

काठमाडौ - काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतविरुद्ध करिब आठ करोड ७० लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर भएको छ । 

अख्तियारले आइतवार उनीविरुद्ध गैरकानुनी आर्जनको भ्रष्टाचार मुद्दा दायर गरेको हो । एक महिनाअघिमात्र अख्तियारले उनीविरुद्ध गैरकानुनी आर्जन र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । 

मेयर पदमा राष्ट्रसेवकको रुपमा सार्वजनिक पद धारण गरेका प्रतिवादी मोहन बहादुर बस्नेतले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको दावी छ । बिगो जफत प्रयोजनका लागि अख्तियारले उनकी पत्नी उर्मिला बस्नेतलाई पनि प्रतिवादी कायम गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्