कर्णाली नदीबाट तीन जनाको उद्धार
बाजुरा – बाजुरा र मुगु जिल्लाको बीचमा पर्ने कणाली नदीमा स्काभेटरसहित फसेका तीन जनाको प्रहरीले उद्धार गरेको छ ।
मुगुको खत्याड गाउँपालिकाबाट बाजुराको हिमाली गाउँपालिकातर्फ आउँदै गरेको स्काभेटरसहित कर्णालीमा फसेका तीनजनाको धुलाचौर प्रहरी चौकीको टालीले ढुङ्गाको सहायताले सकुशल उद्धार गरेको प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।
मुगुको खत्याडबाट हिमाली गाउँपालिका हुँदै हुम्ला जान लागेका कनका सुन्दरी गाउँपालिका–७ का २५ वर्षीय सूर्यबहादुर पछाई, २३ वर्षीया नानु पछाई र १९ वर्षीय राजेन्द्र वडको उद्धार गरिएको हो ।
स्काभेटरलाई नदी तार्ने क्रममा कर्णालीमा फसेका उनीहरुलाई करिव चार घण्टापछि प्रहरीले उद्धार गरी हिमाली गाउँपालिका ल्याइएको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१ २१:५०
प्रतिक्रिया दिनुहोस्