बाबुराम भट्टराईका ‘पूर्वखास’ प्रचण्डको टीममा, यस्तो बन्यो हेरफेर भएको सचिवालय
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा. बाबुराम भट्टराईको सन्निकट मात्र नभई विश्वास पात्र भएर काम गरेका विश्वदीप पाण्डे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा पुगेका छन्।
केन्द्रीय समितिले सचिवालय हेरफेरको निर्णय गरेको थियो। प्रचण्डले छोरी तथा केन्द्रीय सदस्य गंगा दाहाललाई भने सचिवालयमा नै अटाएका छन्।
सचिवालयमा रहेका रमेश मल्ल विशेष प्रदेशको सहइञ्चार्जमा सरुवा भएका छन्। उनको ठाउँमा गोविन्द आचार्यलाई ल्याइएको छ। आचार्य पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् भने प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकर रहीसकेका छन्।
माओवादीका पूर्व सांसद तथा प्रचण्डको सुरक्षामा खटिएका पूर्वजनमुक्ति सेना सन्तु दराईलाई पनि सचिवालयमा राखिएको छ।
माओवादी जनयुद्धकालदेखि नै हेडक्वार्टरमा काम गरेका विश्वदीप पाण्डेलाई पनि सचिवालयमा राखिएको हो। उनी पछिल्लो पटक नयाँ शक्ति छाडेर माओवादी केन्द्रमा फर्किएका थिए।
नयाँ शक्तिमा रहँदा होस् वा डा. भट्टराई प्रधानमन्त्री रहँदा विश्वास पात्रका रुपमा सल्लाहकार र सचिवालय प्रमुख खएर पाण्डेले काम गरिसकेका छन्।