Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, माघ २८, २०८१
samridhi jewllers

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार ९७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्