Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदमा रास्वपाको प्रश्न- प्रेम गरेकै कारण दलितहरू उठिबास लाग्नुपर्ने ?

सोमबार, माघ २८, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेदविरुद्ध ठोस कानुन बनाएर समस्या समाधान गर्न आग्रह गरेका छन् ।

samridhi jewllers

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजनीतिक दलप्रति आफूहरूको विश्वास टुटिसकेको पनि बताए ।

‘यो राज्य संविधान मान्दैन । राज्यले अन्याय गर्छ । राजनीतिक पार्टीसँग त हाम्रो विश्वास टुटिसक्यो । यो सदनमा हरेक वर्ष दलितमाथि हुने जातीय विभेदको विरुद्ध सरकारलाई ठोस कानुन बनाएर अघि बढ्न म आग्रह गर्छु,’ परियारले भने ।

हरेक वर्ष अन्तरजातीय विवाह गरेको र प्रेम गरेकै कारण उठिबास लगाउने काम भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए ।

‘हाम्रा सबै प्रयत्नबाट संविधान निर्माण गर्यौं । तर, आज हरेक वर्ष दलितले अन्तरजातीय विवाह गरेबापत मारिनुपर्ने रु प्रेम गरेका कारण दलितहरू उठिबास लाग्नुपर्ने ? राज्यका संयन्त्रहरू दलितका अधिकार कुल्चिन प्रयोग हुनुपर्ने ?,’ परियारले भने ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्