नेभिगेशन
सुरक्षा–अपराध

चाबहिल ‘ग्याङ फाइट’मा एकको हत्या, अनुसन्धान गोप्य 

काठमाडौं– चाबहिलको कुमारीगालमा दुई वटा समूह (ग्याङ) फाइटका क्रममा एक जनाको हत्या भएको छ। 

सोमबार भएको ग्याङ फाइटका क्रममा एक जनाको हत्या भएको बताइएको छ। यस प्रकरणको प्रहरीले गोप्य रुपमा अनुसन्धान थालेको छ।

दुवै ग्याङका सदस्यहरुलाई पक्राउ गरिएको छ भने हत्या भएकाको परिचय खुलाइ सकिएको छैन। 

मंगलबार घटनाबारे विस्तृत जानकारी दिइने प्रहरी बताउँछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ