Nic Ad Nic Ad
Nic Ad Nic Ad

युट्युबको विकल्पमा अब हाम्रो पात्रोमै नेपाली सिनेमाहरू उपलब्ध हुने

सोमबार, माघ २८, २०८१

काठमाडौं-  चर्चित नेपाली एप हाम्रो पात्रोले नेपाली सिनेमाहरू उपलब्ध गराउने भएको छ । नेपाली सिनेमाका लागि युट्युबको विकल्पमा हाम्रो पात्रो अघि सर्ने भएको हो । 

samridhi jewllers

ओटीटी प्लेटफर्ममा जस्तै हाम्रो पात्रोमा नेपाली फिल्म राख्नेगरी तयारी भइरहेको कम्पनीकी फिनटेक अपरेसन डाइरेक्टर सुदिना गौतमले बताइन् ।  यसका लागि आवश्यक काम भइरहेको उनले जनाइन् ।  

जसअनुरूप निर्मातालाई हाम्रो पात्रोले निश्चित रकम तिरेर फिल्म किन्ने छ । त्यसपछि भने फिल्ममा आउने भ्युजको आधारमा रोयल्टी उपलब्ध गराउने मोडालिटी हाम्रोपात्रोले बनाएको छ । 

यो सुविधा हाम्रो पात्रोका सब्स्क्राइबरका लागि उपलब्ध हुने गरी काम भइरहेको बुझिएको छ । यद्यपि हाम्रो पात्रोलाई पहिले नै सब्स्क्राइब गरिसकेकालाई उपलब्ध गराउने वा फिल्म हेर्नका लागि छुट्टै सब्स्क्राइब गर्नुपर्ने फिचर थप्ने बारेमा खुलाइएको छैन । 

हाम्रो पात्रो भित्रै सञ्चालन हुँदै आएको ‘हाम्रो पे’ लाई हालै छुट्टै एपको रूपमा सञ्चलनमा ल्याइएको थियो । यो एप हाम्रो पात्रोले गुगल प्ले स्टोर र आईओएसको एप स्टोरमा समेत उपलब्ध गराएको छ । यसै सन्दर्भमा हाम्रो पात्रोले ओटीटी प्लाटफर्मका लागै छुट्टै एप सञ्चालनमा ल्याउने सम्भावना पनि देखिन्छ ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्