सुरक्षित कारोबारसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं- सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
आज (सोमबार) को प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्तावउपर सांसदहरुले छलफल गरेका थिए। अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि सभा समक्ष सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । जसमा संसदले सर्वसहमतिले संसदबाट पारित भएको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधि सभाको अर्को बैठक माघ २९ गते मंगलबार १ बजे बस्नेगरी स्थगित भएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ १६:४८
प्रतिक्रिया दिनुहोस्