अमेरिकी डलरको मूल्य बढ्यो, कुन देशको कति?
काठमाडौँ - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्यांकको मूल्य बढेको छ ।
अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ १५ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ २० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ तीन पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्री दर ३१ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्री दर १९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हंकङ डलर एकको खरिददर १७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८ रुपैयाँ एक पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ७२ रुपैयाँ ११ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६२ रुपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।