प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ - संघीय संसद् प्रतिनिधि सभाको बैठक मंगलबार बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।
प्रतिनिधि सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१ ०७:३०
प्रतिक्रिया दिनुहोस्