Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकामा स्टिल र आल्मोनियम आयातमा थप २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

मंगलबार, माघ २९, २०८१

काठमाडौँ - अमेरिकी राष्ट्रपति दोनाल्दो ट्रम्पले स्टिल र आल्मोनियम आयातमा थप २५ प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले चिनियाँ स्टिल र अलोमिनियमलाई निशाना गरेर २५ प्रतिशत कर लगाएपनि अमेरिकामा सबैभन्दा बढी स्टिल र अलोमिनियम भने क्यानडा, मेक्सिको र ब्राजिलबाट जाने गर्दछ ।

ट्रम्प ले हस्ताक्षर गरेको आदेश अनुसार अब अमेरिका आयातहुने स्टिल र आल्मोनियमका कुनै पनि वस्तुमा कर छुट या कुनै प्रकारको सुबिधा हुने छैन ।

ट्रम्पले यस अघि चिनियाँ वस्तुको आयातमा १० प्रतिशत कर लगाएका थिए । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि स्टिलमा २५ प्रतिशत कर लगाएका थिए र सो निर्णयलाई जो बाइडेनले पनि निरन्तरता दिएपछि स्टिल आयातकर्ता अन्य विकल्पको आयातमा केन्द्रित भएको रिपोर्टमा उल्लेख छ ।
  

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्