नेभिगेशन
राजनीति

माओवादीमा पञ्चा सिंहले प्रभाकर समूह छाड्नुका दुई कारण

काठमाडौं– अनेरास्ववियु क्रान्तिकारीकी पूर्वअध्यक्ष पञ्चा सिंहले पार्टीमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरको समूहलाई त्यागेकी छन्।

सिंहले प्रभाकर समूह छाडेर सिधा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समूहलाई समर्थन जनाएकी छन्। जबकि, उनलाई अनेरास्ववियु क्रान्तिकारीको अध्यक्ष बनाउन प्रभाकर प्रचण्डसँग पनि जुधेका थिए। 

सिंहले प्रभाकरको समूह छाड्नुको दुई कारण छन्। 

पहिलोचाहिँ उनीमाथि लागेको हत्या अभियोगको मुद्दा फिर्ता लिने प्रचण्ड सरकारको निर्णय हो। 

त्यसबेला गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछानेले पक्राउ गरेका थिएनन् बरु आफ्नो सहकारीको मुद्दासँग अन्य मुद्दा साझेदारी गरेका थिए। 

तत्कालिन महान्यायाधीवक्ताको कार्यालयमार्फत सिंहमाथि मुद्दा नचलाउने र लामिछानेको राहदानी प्रकरणमा पनि त्यस्तै निर्णय भएको थियो।

१५ वर्ष पुरानो एक हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

२०६५ साल फागुन २६ गते कालीकोटको मल्लको हत्या घटनामा कालीकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

सिंहले प्रभाकर समूह छाड्नुको दोस्रो कारणचाहिँ कार्यविभाजन हो। 

माओवादीले माघ २७ गते गरेको कार्यविभाजनमा उनी क्रान्तिकारीको सह–इन्चार्ज बनाइएकी छन्। प्रभाकरको समूह छाडेका कारणले नै प्रचण्डले उनलाई क्रान्तिकारीको सह–इन्चार्ज बनाएको दाबी गरिन्छ।

केन्द्रीय समिति बैठकमा आफ्ना कुरा समेटिएको र केही पछि समेट्ने भनेपछि प्रभाकरले अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई समर्थन गरेका थिए। सोही कारण बैठकमा सानदार सफल भएको प्रचण्डको भनाइ थियो। 

‘अहिले आउँदा कार्यविभाजनमा केन्द्रीय समितिको मर्मभन्दा विपरीत ढंगले आएको प्रभाकरको बुझाई छ। 

नेताहरूका अनुसार क्रान्तिकारीको चुनावदेखि उपमहासचिव प्रभाकर हाबी हुनसक्ने आकलन गरिरहेका प्रचण्डले कार्यविभाजनमा त्यसलाई कसेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति