Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेसपाको उपाध्यक्षमा मानुषी र दुर्गा निर्विरोध

मंगलबार, माघ २९, २०८१

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंमा जारी महाधिवेशनमा महिला उपाध्यक्षमा मानुषी र दलित उपाध्यक्षमा सोबको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

अध्यक्षमा भने डा. बाबुराम भट्टराईलाई नेत्र चापागाईँले चुनौती दिँदैछन् ।

तीन बजेबाट हुने मतदानबाट ११ पदाधिकारीसहित ९९ जनाको कार्यसमिति चयन गर्नेछ । अहिलेसम्म दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्