Nic Ad Nic Ad
Nic Ad Nic Ad

चार प्रधानमन्त्री फेरिए तर चार किलोमिटर पनि बाटो बनेन : गोकुल बास्कोटा

मंगलबार, माघ २९, २०८१

काठमाडौँ- सत्तारुढ नेकपा एमाले सांसद गोकुल बास्कोटाले पटक पटक सरकार परिवर्तन भए पनि आफ्नो निर्वाचन क्षेत्रको चार किलोमिटर बाटो निर्माण नभएको भन्दै आक्रोश पोखेका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

चार पटक प्रधानमन्त्री फेरिँदा पनि चार किलोमिटर बाटो निर्माण नभएको उनले बताए । ‘शून्य समय हो नसुने पनि हुन्छ । चारवटा प्रधानमन्त्री फेरियो । चारवटै मन्त्री र सचिव कति हो मलाई थाहा छैन‚’ उनले भने‚ ‘चार किलोमिटर बाटो खावा देखि धुलिखेल सम्मको बाटो बनेन भौतिक मन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्दछु  । नभए ढुंगा खाने स्थिति बन्यो।’

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्