Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसद बैठक नबसेको दिन समितिका काम कारबाही अघि बढाइने

मंगलबार, माघ २९, २०८१

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसद बैठक नबसेको दिन संसदीय समितिका कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकको अन्तिम समयमा उनले प्रतिनिधि सभा अन्तर्गत रहेका विभिन्न विषयगत समिति र समितिका सदस्यलाई बैठक नचलेको दिन समितिका काम कारबाही अघि बढाउन निर्देशन दिएका हुन् ।

सभामुख घिमिरेले निर्देशन दिँदै भने, ‘संघीय संसदको बैठक नचलेको दिनमा विषयगत समितिका काम कारबाही अघि बढाउन म समितिका सभापति र माननीय सदस्यको म ध्यानाकर्षण गराउँछु ।’

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्