Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालमा समयमै न्याय पाउन गाह्रो छ : बालेन

मंगलबार, माघ २९, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेको बताएका छन् ।

मंगलबार ‘न्यायिक समिति: दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अदालतहरूभन्दा स्थानीय तहमा गठित न्यायिक समितिहरूले समयमै न्याय निरूपण गर्ने गरेको बताए ।

‘हाम्रो देशमा न्याय पाउनुभन्दा पनि न्याय समयमै पाउन निकै गाह्रो छ । स्थानीय सरकार घर नजिकको सरकार भएको हुनाले छिटो न्याय पाइन्छ भनेर नेपाली जनताले हाम्रो समितिमा आइदिनुभयो,’ मेयर साहले भने, ‘जसरी यहाँ न्याय निरूपण हुन्छ, जनताले न्याय पाउँछन् त्यसैगरी अदालतहरूबाट पनि न्याय पाइयोस् ।’

न्यायिक समिति संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिबाट अहिलेसम्ममा ८३ पटक सुनवाइ गरी न्याय निरूपण गरिएको जानकारी दिइन् ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्