Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौंका ७ वटा सडक एकतर्फी बनाउने काठमाडौं महानगरको निर्णय

बुधबार, माघ ३०, २०८१

काठमाडौं - काठमाडौं महानगरपालिकाले सातवटा सडकमा एकतर्फी नियम लागू गरेको छ ।

यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन काठमाडौं महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँअन्तर्गत सडकलाई फागुन ७ गतेदेखि लागू हुने गरी एकतर्फी बनाइएको हो । 

महानगरपालिकाको भवन व्यवस्था समितिको ५ पुसमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यी हुन् एकतर्फी हुने सात सडकखण्डः

१) काठमाडौं महानगरपालिका वडा नं. ५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग–हाँडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।
२) विशालनगरतर्फबाट आउने सवारीसाधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकालतर्फ मात्र प्रवेश गर्न पाउने ।
३ ) हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारीसाधनहरूलाई थटु मार्गतर्फबाट पठाउने ।
४) नक्साल भाटभटेनीतर्फबाट आउने सवारीसाधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने ।
५) ढुंगेधाराबाट हात्ती महांकालतर्फ प्रवेश निषेध ।
६) वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध ।
७) बाल मन्दिरतर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिरतर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध ।

 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्