Nic Ad Nic Ad
Nic Ad Nic Ad

अवैध लागू औषधसहित दुई जना पक्राउ

बुधबार, माघ ३०, २०८१

बारा- जीतपुरसिमरा उपमहानगरपालिकाबाट अवैध लागू औषध अफिम करिब १३ किलोग्राम र नगद १ लाख ३३ हजार ६ सय ५५ रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका बस्ने ५४ वर्षीय सूर्य बहादुर मोक्तान र मकवानपुर कैलाश गाउँपालिका ४५ वर्षीय भिम बहादुर मोक्तान रहेका छन् ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौँडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.२-०३-००१ प १६१४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा रहेको १३ वटा पोकाबाट उक्त अफिम फेला पारी चालक सूर्य बहादुर र स्कुटरमा सवार भिम बहादुरलाई मंगलबार पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्