आज हिंसात्मक अतिवाद रोकथाम दिवस
काठमाडौँ- आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा मनाइने यो अन्तर्राष्ट्रिय दिवसमा आतंकवादको प्रतिरोध र त्यस निम्ति अनुकूल हुने हिंसात्मक अतिवादलाई रोक्न अन्तर सरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले अविवादविरुद्ध सचेतना फैलाउने गरेका छन् ।
आतंकवाद र हिंसात्मक अतिवादलाई कुनै पनि धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसंघीय महासभाले हरेक वर्ष फेब्रुअरी १२ का दिन यो दिवस मनाउने घोषणा गरेको हो ।
विश्व शान्ति, सुरक्षा, मानवअधिकार र दिगो विकासलाई प्रभावित पार्ने हिंसात्मक अतिवादलाई परास्त गर्दै धार्मिक, सांस्कृतिक, सामाजिक, सहिष्णुताको सन्देश प्रवाह गर्न राष्ट्रसंघले यो दिवस मनाउन आह्वान गरेको हो ।
सन् २०१६ मा महासचिव वान कि मुनले हिंसात्मक अतिवाद रोक्नेसम्बन्धी कार्ययोजना महासभामा प्रस्तुत गरेसँगै यो दिवस मनाउन प्रारम्भ भएको हो ।