Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती गोल्ड कप आगामी शनिबारदेखि

बुधबार, माघ ३०, २०८१

मकवानपुर- बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्ड कप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । 

प्रतियोगितामा ‘ए’ डिभिजनका सातसहित १० टिमको सहभागिता रहने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले बताए ।

गाउँपालिकाको झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुने प्रतियोगितामा ‘ए’ डिभिजनको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबसहित संकटा, थ्रीस्टार, त्रिभुवन आर्मी, एपिएफ र चर्च ब्वाईज क्लबको सहभागिता रहने अध्यक्ष थिङले जानकारी दिए ।

आयोजकसहित मोफसलको थप तीन क्लबको पनि सहभागिता रहने यस प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेता टोलीले रु. १० लाख, उपविजेताले रु. पाँच लाखसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु. एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीले रु. २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । 

प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले रु. १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि गाउँपालिकाले रु. ३० लाख विनियोजन गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्