Nic Ad Nic Ad
Nic Ad Nic Ad

गायिका एलिना चौहान ‘बास्तबिक प्रताडित’ रहिछन्, प्रमाण यहि त हो!

बुधबार, माघ ३०, २०८१

काठमाडौं– सेलिब्रिटीका डिभोर्सका खबर नयाँ होइनन्। कोही देखावटी, कोही सम्पत्तिका लागि गर्छन् भने थोरै मात्र प्रताडनाका निम्ति गरेका पाइन्छन्।

samridhi jewllers

एक महिनामा विभिन्न सेलिब्रिटीका डिभोर्सका खबर सार्वजनिक भए। ति मध्य शिल्पा पोखरेलले मानाचामल समेतको गरेका कारण चार करोडको घर छविराज ओझासँग लिएको विवरण आयो। भलै, शिल्पाले त्यो आफ्नो कमाई भनेर ‘कभर’को प्रयत्न गरिन्।

तर, गायिका एलिना चौहानको डिभोर्स केही मार्मिक रहेको स्पष्ट हुन्छ। 

एक त उनको सामाजिक सञ्जालमा व्यक्त भएको भावुक पोस्ट अनि उनका दाजुले नै फेसबुकमा लेखेको विषय पनि यसका प्रष्ट सन्देश हुन्। एलिना चौहान बास्तविक प्रताडित रहिन्। किनभने डिभोर्स मुद्दामा पति विष्णु सापकोटाले वारेसमार्फत अदालतमा मुद्दा लडे। 

उनी नेपाल आएको भए सम्भवतः यातना दिएका कारण हिंसा गरेको अभियोगमा पनि पर्न सक्थे होला। 

एलिनाले आफ्नो भावना यसरी पोखेकी थिइन्।

प्रिय बिष्णु, 

अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। 

तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। 

तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। 

हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। 

वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। 

तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ। 

भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। 

जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ। 

आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। 

पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। 

तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।

एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो। उनीहरुको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न सकेन। एलिनाका दाइ प्रल्हाद चौहानले सम्बन्धविच्छेदको पुष्टि गरेका थिए।

प्रल्हादले ‘मेरी बहिनीले तिमीबाट भोगेका शारीरिक, मानसिक र भावनात्मक यातनाको हिसाब आजबाट समाप्त भएको छ। आजदेखी मेरी बहिनी र विष्णु सापकोटाको सम्बन्ध कानूनी रुपमा समाप्त भइसकेको छ’, लेखेका थिए।
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्