Nic Ad Nic Ad
Nic Ad Nic Ad

फ्रान्समा के गर्दैछन् महिना दिनपछिका ‘प्रहरीका कमान्डर’

बुधबार, माघ ३०, २०८१

काठमाडौं– अबको ३४औं दिनमा नेपाल प्रहरीले नयाँ महानिरिक्षक (आईजी) पाउँदैछ। सोही दिनको राती हालका आईजी बसन्तबहादुर कुँवर ३० बर्षे सेवाअवधि सकेर सेवा निवृत्त हुनेछन्।

व्यावसायीकता र अब्बल कार्यकौशलताका आधारमा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख रहेक प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापा आगामी आईजीका ‘सोलिड’ उम्मेदवार हुन्। 

४ चैतको मध्यराती आईजी कुँवरसहित धेरै जना एआईजी, केही प्रहरी नायव महानिरिक्षक (डीआईजी) र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) घर जानेछन्।

नयाँ आईजीसँगै कतिपय डीआईजी बढुवा भई एआईजी पनि बन्नेछन्।

थापा आजभोली फ्रान्समा रहेका छन्। 

इन्टरपोल महासचिवालयको आयोजनामा २९ माघदेखि १ फागुनसम्म सेन्टर दी कंग्रेस लियोनमा भइरहेको २०औं ‘इन्टरपोल एनुअल हेडस अफ एनसीबी कन्फ्रेन्स’मा सहभागी हुन थापा फ्रान्समा पुगेका हुन्। उनीसँग प्रहरी उपरिक्षक (एसपी) कोमल शाह पनि सहभागी छन्। 

थापा अपराध अनुसन्धानमा अब्बल अधिकारीका रुपमा परिचित छन्। 

एक पूर्वआईजी भन्छन्,‘नेपाल प्रहरीका तल्लो तहदेखि उपल्ला दर्जाको कार्यक्षमतालाई मुल्यांकन गर्दा थापा एक व्यावसायीक प्रहरी प्रमुख बन्न लायक मात्र होइ सबै गुणले योग्य पात्र हुन्।’

प्रहरीभित्र कुनै प्रकारको राजनीतिक हस्तक्षेपको प्रलय नभएको खण्डमा थापा नै आगामी आईजी बन्नेमा प्रहरीका पूर्वअधिकारी ढुक्क छन्। 

हुन पनि जुनसुकै सरकारले पनि उनको क्षमतालाई पहिचान गरेको छ। उनी सीआईबी जानुपूर्व उपत्यका प्रहरी कार्यालय प्रमुख र डीआईजी हुँदा प्रहरी महानिरिक्षकको सचिवालय तथा बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत थिए। 

त्यहाँ रहँदा पनि उनले कार्यकौशलतालाई महत्वका साथ कार्यान्वयन गरी देखाएका थिए। हालै मात्र नेपाल प्रहरी क्लवको नयाँ संरचनाको निर्माणको सचिवालयमा उत्कृष्ट काम गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सम्मान समेत गरेका थिए।

थापाको सोच छ,‘हाम्रा प्रहरी अधिकारीहरूले प्रत्येक दिन हाम्रो लागि आफ्नो जीवनलाई लाइनमा राख्छन्। उनीहरूले सार्वजनिक सुरक्षा कायम गर्न र कानून तोड्नेहरूलाई जवाफदेही बनाउन कडा काम पाएका छन्। कार्य अख्तियारीमा आज कसैले कसैलाई विश्वास गर्दैन। यो हाम्रो उमेर को मुख्य विशेषताहरु मध्ये एक हो।’
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्