अम्रिसो बेच्ने विषयमा विवाद भयो, छोरा बुहारीले चार व्यक्ति खटाएर धनराजको गरे हत्या
काठमाडौं– २८ माघमा घरमा मृत फेला परेका इलाम सूर्योदय नगरपालिका–११ का धनराज राईको हत्या भएको प्रहरी अनुसन्धानले खुलाएको छ।
हत्या अभियोगमा प्रहरीले छोराबुहारीसहित अन्य चार गरी ६ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ।
पक्राउ पर्नेहरूमा सुर्योदय नगरपालिका–११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी श्रमिती २६ वर्षीया मालती तामाङ, सुर्योदय–११ कै २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, सोही ठाउँका २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई छन्।
५१ वर्षीय धनराज राईसँग छोरा एडवर्ड र मालतीको विवाद चलिआएको थियो। ८ महिनादेखि छोराबुहारी अलग बस्थे।
हत्याको एक साता अघि पनि अम्रिसो बेच्ने विषयमा छोराबुहारी र बाबुबीच विवाद भएको अनुसन्धानका क्रममा खुलेको छ।
त्यसपछि अम्रिसो किन्न खोज्ने समूहकै व्यक्ति प्रयोग गरेर धनराजको हत्या गरिएको खुलेको डीएसपी राईले भने। पक्राउ परेका चार जना धनराजको घरमा अम्रिसो किन्न भनेर गएका व्यक्ति हुन्।